बलात्कार आरोपमा एक युवक पक्राउ

1 वर्ष पहिले प्रकाशित

चैत २७ गते । सिरहामा बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिरहाकै अर्नामा गाउँपालिका- २ ब्रहमपुरी बस्ने २५ वर्षीय शेखर शर्मा बरही रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गत फागुन १६ गते राति करिब १० बजेको समयमा बरहीले युवतीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि सोमबार प्रहरीले बरहीको घरमा लुकिछिपी बसी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका बरहीलाई सिरहा जिल्ला अदालतमा पेश गरी १० दिनको म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?