सिरहामा हतियार देखाएर मनीट्रान्सफरको १५ लाख भन्दा बढी रुपैयाँ लुटियो

1 वर्ष पहिले प्रकाशित

चैत २५ गते । सिरहामा हतियार देखाएर मनीट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहाको विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ सिरहा सदरमुकाममा आज बिहान ११ तिर हतियारधारीले लुटेका हुन् ।

सिराहाको ग्लोबल बैंकबाट निकालेर पुरुषोत्तम यादवले लिएर जाँदै गरेको रुपैयाँ भारतीय मोटरसाइकलमा आएका हतियारधारीले लुटेका हुन् ।

भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?