रौतहटमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु

1 वर्ष पहिले प्रकाशित

चैत १८ गते ।रौतहटमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई नगरपालिका ४ इनर्वारीका २५ बर्षीय सुरेश पासवान छन् ।

आज बिहान परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुईवटा मोटरसाइकल ठोक्किँदा पासवानको गम्भीर घाइते भएका थिए । गम्भीर घाइते पासवानलाई थप उपचारका लागि वीरगञ्ज पठाउँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?