रौतहटमा पिकअप को ठक्करबाट साइकलयात्री को मृत्यु

1 वर्ष पहिले प्रकाशित

रौतहट, चैत ११ गते ।रौतहटमा पिकअप गाडीको ठक्करबाट एक साइकलयात्री को मृत्युु भएको छ ।
रौतहटको वृन्दावन नगरपालिका-८ हुसेनी चोकमा प्रदेश २-०३-००१ च १९१८ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा साइकलयात्री को मृत्युु भएको हो ।


मृत्यु हुनेमा वृन्दान नगरपालिका-७ नयाँ बस्ती बस्ने २२ वर्षीय धर्मेन्द्र मल्लिक रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार अन्य १ जनाको अनामिका अस्पताल गरूडा हुँदै थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?