धनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या , दुई युवक पक्राउ

1 वर्ष पहिले प्रकाशित

चैत ८ गते । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका २ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको गए राति हत्या भएको हो ।हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा बिबाद हुँदा नदाफको दुईजना साथीले घाँटीको चिउँडो छुराले रेटेर हत्या गरेको धनुषाका डिएसपी रञ्जन अवाले बताए ।

छुराले घाँटी रेटेपछि गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएपछ उपचारको क्रममा राति २ बजे मृत्यु भएको हो । शव घर ल्याएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।


हत्या अभियोगमा स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरेको डिएसपी अवाले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?