मधेश प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद विस्तार
1 वर्ष पहिले प्रकाशित

चैत ५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीपरिषद विस्तार गरेका छन् ।
नेकपा एमालेलाई सरकारमा सहभागी गराएर उनले मन्त्रीपरिषद विस्तार गरेका हुन् ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीले भौतिक पुर्वाधार विकासमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवकै सरकारमा यसअघि पनि उनी भौतिक पुर्वाधारमन्त्री बनेका थिए ।
तर सत्ता समिकरण फेरिएपछि थोरै समयपछि उनी राजीनाम दिन बाध्य भएका थिए । एमालेले अझै तीनवटा मन्त्रालय पाउने सहमती भएको प्रदेश सरकारका एक मन्त्रीले बताए ।
उनका अनुसार शारदा देवी थापाले स्वास्थय तथा जनसंख्या, राजकुमार लेखीले गृह तथा सञ्चार र सत्रुधन प्रसाद सिंहालाई शिक्षा तथा संस्कृति मन्त्री बनाउने तयारी छ ।
उनीहरुलाई दोस्रो चरणमा मन्त्री बनाइने बताइएको छ ।
नवनियुक्त मन्त्री यादवलाई आजै शपथ खुवाइने मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments