महोत्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु
1 वर्ष पहिले प्रकाशित

फागुन ३० गते । जलेश्वर नगरपालिका-३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
आफ्नै घर अगाडि खेल्दै गरेकी बालिका घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेको र सोही पोखरीमा उनको डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
view comments