सर्लाहीमा बसले साइकल यात्रीलाई ठक्कर दिएपछि आगजनी

1 वर्ष पहिले प्रकाशित

र्लाही , फागुन २८ गते

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि बसमा स्थानीयले आगजनी गरिएका छन् ।

मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर जुगल घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको हो । महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?