धनुषामा माेटरसाइकल दुर्घटना हुँदा एकजना काे मृत्यु
1 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, फागुन २७ गते
धनुषामा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजना को मृत्यु भएको छ ।
धनुषाको बिदेह नगरपालिका-५ हनुमान मन्दिर नजिक सडकमा माचीबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२-०२-००२ प १००२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दुर्घटना हुँदा मोटरसाइकलमा सवार हंसपुर नगरपालिका-५ सुगानिकास बस्ने ३५ वर्षीया रेनु कुमारी मण्डलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप सम्बन्धमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषा ले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments