१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि शुरु

1 वर्ष पहिले प्रकाशित

फागुन २७ गते ।मिथिलाको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा सुरु भएको छ। धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित रहेको मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमाको सुरुवात भएको छ। नेपालकै सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा यात्री आइतबार साँझसम्म जनकपुरधाममा पुगि विश्राम गर्नेछन्।

जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ। मिथिला महात्माका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ। फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर आइतबार भारतको कल्याणेश्वर जानेछ। हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ।

नेपालको धार्मिक ऐतिहासिक ठाँउहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटर भू–भागको यात्रा गर्नेछ। जसलाई मिथिला माध्यमा परिक्रमा भन्ने गरिन्छ। मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ। पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थलहुँदै १४ औं दिनमा जनकपुरधाम पुग्नेछ। परिक्रमा महोत्तरीको कञ्चनवणमा पुगेपछि मिथिलामा होलीको सुरुवात हुन्छ।

 
 
 
 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?