मधेश प्रदेश: गाँजासहित दुई भारतीय युवक पक्राउ
1 वर्ष पहिले प्रकाशित

फागुन १६ गते ।सर्लाहीबाट प्रहरीले लागूऔषध गाँजासहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्ला ग्राम पञ्चायत सुतिहारा बारा ६ बस्ने वर्ष २० का छोटु पासवान र सितामढी ग्राम पञ्चायत लहुरिया ९ का २५ वर्षीय मोहमद समिम शेष छन् ।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुका अनुसार मंगलबार साँझ सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेही पुल नजिक नवलपुर तर्फ आउँदै गरेको बी।आर। ३० ए।जी १६४४ नम्बरको भारतीय मोटरसाइकलमा चेकजाँच गर्दा झोला र कार्टुन भित्र लुकाई राखेको प्रतिबन्धित गाँजा ७ किलो बरामद गरेको हो । संगै दुबैजनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments