कटुवा पेस्तोलसहित दुई जना पक्राउ

1 वर्ष पहिले प्रकाशित

वीरगञ्ज फागुन १० गते । प्रहरीले पर्साको बहुदरमाई नगरपालिकाबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले कटुवा पेस्तोलसहित पर्साको कालिकामाई गाउँपालिका–९ कटिबलुवा बस्ने ४४ वर्षीय दीपेन्द्र गिरी र पोखरिया नगरपालिका–९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखियालाई पक्राउ गरेको हो।

पर्सा प्रहरीले बुधबार राति बहुदरमाइ नगरपालिका–९ मा ना ।१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुबैलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?