धनुषा र सिराहा जोड्ने कमला नदीको झोलुंगे पुलको प्रधानमन्त्रीे प्रचण्डले उदघाटन गर्ने

1 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, फागुन १० गते ।

नेपालकै लामो नवनिर्मित धनुषा र सिराहा जोड्ने कमला नदीको झोलुंगे पुलको उदघाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने भएका छन् ।

सिराहा नगरपालिका– १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने कमला नदीको झोलुंगे पुलको अगामी फागुन १२ गते शनिबार प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने भएका हुन् ।

सो पुलको निर्माण केही अघि सम्पन्न भएर सर्वसाधारणका हिडडुलका लागि खोलिएको छ । यधपी विधिवत उदघाटन भने बाँकी नै रहेको छ ।

नवनिर्मित झोलुंगे पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर र एक दशमलव दुई मिटर चौडाइ रहेको छ । यो नेपालकै सबैभन्दा लामो पुल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?