वीरगञ्जमा कर्फ्यु आदेश जारी
1 वर्ष पहिले प्रकाशित

फाल्गुन ७ गते । जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ।
वीरगञ्जमा सोमबार रौतहटमा भएको दुई पक्षबीचको झडपलाई लिएर बजार बन्द गराइएको छ। बजार बन्द गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो।
स्थितिलाई नियन्त्रणमा लिनको लागि सोमबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए।
उनका अनुसार पूर्वमा नगवा, पश्चिममा तिलावे, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुलसम्म क्षेत्र तोकी कर्फ्यु जारी गरिएको हो।
वीरगञ्जमा बजार बन्द गरिएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटको ईशनाथ नगरपालिकाका भएको घटनालाई लिएर वीरगञ्जमा पनि विरोध प्रदर्शन हुँदै आएको छ।
कमेन्ट गर्नुहोस्
view comments