सिरहामा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

1 वर्ष पहिले प्रकाशित

माघ २९ गते । सिरहामा रातिको समयमा विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेर बिबाद गरिरहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोज कुमार यादव छन् ।

उनी गत शनिबार राति ९ बजे सिरहा नगरपालिका ७ स्थित रामपुकार शर्माको घरमा डेरा गरी बस्ने औरही गाउँपालिका ३ का २२ वर्षीय संजित कुमार यादव र उनको बहिनी संजिता यादवसंग विवाद गर्न पुगेका थिए ।


तत्कालै प्रहरी पुगेर चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?