जनकपुरमा स्कूल बसको ठक्करबाट एकजनाको मृत्यु
1 वर्ष पहिले प्रकाशित

माघ २५ गते । जनकपुरमा स्कूल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मधुवनीका २७ वर्षीय ममताज कवारी छन् ।
बिहीबार बिहान जनकपुरधाम–२३ बेलामा जनकपुरधामको बा। २ प ७६० नम्बरको स्कूल बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लग्दा मृत घोषणा गरिएको हो ।
उनलाई साइकलबाट गइरहेका बेला बसले ठक्कर दिएको थियो । प्रहरीले स्कूल बस र चालक नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments