मधेश प्रदेश : ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

1 वर्ष पहिले प्रकाशित

पुस १९ गते । रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा
माधवनारायण नगरपालिका ३ का २२ वर्षीय चालक रंजितकुमार पंडित छन् ।

उनी आफैंले चलाइरहेको ना २त ८५०८ नम्बरको सो ट्रयाक्टरट्रयाक्टर गढीमाई नगरपालिका ६ धर्मपुरमा वाग्मती नदीको पुल नजिक भित्री सडक खण्डमा पल्टिएको थियो । मृतक ट्याक्टर साहु आफै हुन् ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?