सिरहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका एक प्रतिवादी पक्राउ
1 वर्ष पहिले प्रकाशित

पुस १२ गते ।सिरहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका एक प्रतिवादी पक्राउ परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हा बस्ने वर्ष ५६ का मो। ईब्राहिम मियालाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।
फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिरहा नगरपालिका ७ अस्पताल स्थितबाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरेको थियो ।
खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष ९जन्मकैद०को सजाय फैसला सुनाएको थियो । अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि बुधबार नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments