सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

2 वर्ष पहिले प्रकाशित

पुस ९ गते । सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ का रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० की मुनाकला राईको ज्यान गएको हो ।

आज बिहान ०१–००६ ख ४५९३ नम्बरको बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?