सिरहामा करिब पाँच कठ्ठामा लगाएको अवैध गाँजा खेती नष्ट

1 वर्ष पहिले प्रकाशित

पुस ५ गते ।सिरहामा लुकिचोरी करिब पाँच कठ्ठामा लगाएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

बुधबार सिरहाको कर्जन्हा नगरपालिका ५ प्रहरी चौकी कर्जन्हा सिरहाबाट खटेको प्रहरी टोलिले बिभिन्न स्थानहरुमा लगाएको करिब ५ कठ्ठा गाँजा खेती फडानी गरेको हो ।

करिब ५ कठ्ठामा लगाएको अन्दाजी ४ हजार गाँजाको बोट फडानी गरी नष्ट गरेको सिरहाका प्रहरी प्रवक्ता रविन्द्र राज पाण्डले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?