नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने सरकारको निर्णय

2 वर्ष पहिले प्रकाशित

कार्तिक २७ गते । सरकारले नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन नतोकिएको मन्त्री शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?