पोखरामा नगरबस दुर्घटना हुँदा ११ जना घाइते

3 वर्ष पहिले प्रकाशित

कार्तिक १२ गते । पोखरामा नगरबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट पोखरा–२२ पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाखेतमा दुर्घटना भएको हो ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बसमा ३० जना यात्रु थिए । घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ुब्रेकु नलाग्दा ुब्याकु भएर दुर्घटना भएको प्रहरीले बताएको छ । पोखरा यातायात प्रालिको बस शान्ति स्तुपा हुँदै महादेव मन्दिरसम्म जाँदै थियो । बस सडकबाट तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?