विमानस्थलबाट अवैध रुपमा ६० किलो सुन बरामद

3 वर्ष पहिले प्रकाशित

भदौ २७ ।

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले विमानस्थलबाट अवैध रुपमा बरामद भएको ६० किलो सुन प्रकरणको अनुसन्धानको क्रममा चिनियाँ समूहले ब्रेक शुबाट ३ सय २ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

सीआईबीले ६० किलो सुन प्रकरणमा अनुसन्धान गर्दै चिनियाँ समूहले ब्रेक शुबाट मात्रै ३ सय २ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको हो। अन्य सामानमा लुकाएर ल्याएको सुनबारे भने अनुसन्धान गर्न बाँकी रहेको सीआईबी प्रमुख किरण बज्राचार्यले बताएकी छन्।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सहितको प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ ।

त्यसअघि अनुसन्धानबारे जानकारी दिन सीआईबीले पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सीआईबी प्रमुख बज्राचार्यका अनुसार ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाउँदै छ।

६० किलो सुन प्रकरणको अनुसन्धानको क्रममा गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। सोही अनुसन्धानका क्रममा ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको खुलेको बज्राचार्यले बताइन्। उनी भन्छिन्, ‘ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ ।’

सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेर अनुसन्धान प्रतिवेदन तयार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?