भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
3 वर्ष पहिले प्रकाशित
असार १५ गते । काठमाडौँ – ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
ललिता निवास प्रकरणमा सीआईबीले पुनः पक्राउ गरेपछि आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दै गुरुङले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए।
न्यायाधीश कुमार चुडालको एकल इजलासले गुरुङलाई कागजातसहित २४ घण्टाभित्र उपस्थित गराउन भनेको हो।
‘‘यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र कागज प्रमाणहरुसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू भनि यो आदेश र निवेदन पत्रको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नू,’ सर्वोच्चले भनेको छ।
कमेन्ट गर्नुहोस्
view comments