मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु

3 वर्ष पहिले प्रकाशित

२०८० जेठ १९ । मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १० झाकोटकी ३० वर्षीषा राजु नेपालीको बच्चा जन्माउन नसक्दा मृत्यु शुक्रबार मृत्यु भएको हो ।

 बिहीबार घरमा सुत्केरी हुन नसकेर जिल्ला अस्पताल मुगुमा आएकी थिइन् । जिल्ला अस्पताल मुगुले जारी गरेको विज्ञप्तिअनुसार पिसाव संक्रमण र बच्चा पाउने ब्यथा लागेर नेपाली बिहीबार अस्पतालमा भर्ना भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?