राप्रपाको युवा संगठनले गरे भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सामा प्रदर्शन
3 वर्ष पहिले प्रकाशित
२०८० जेठ १९ । राप्रपाको युवा संगठनले भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा प्रदर्शन गरेको छ । सो संगठनले शुक्रवार भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनकारीले ‘हामीलाई हाम्रो देश प्राण भन्दा प्यारो छ । भारतीय विस्तारवाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले भारतको सो कदमविरुद्ध चर्को नारा लगाएका थिए । प्रदर्शनकारीले अखण्ड भारतको नक्सा पनि जलाएका छन् ।
कमेन्ट गर्नुहोस्
view comments