नेकपा एमालेले बोलायो शुक्रबार केन्द्रीय सचिवालयको बैठक

3 वर्ष पहिले प्रकाशित

२०८० जेठ १८ । नेकपा एमालेले शुक्रबार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

बैठक केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न बोलाएको एक एमाले नेताले जानकारी दिए । बैठक शुक्रबार बिहान ११ बजे ललितपुरको च्यासदस्थित पार्टी केन्द्रीय कार्यालय कार्यालयमा बस्नेछ । सचिवालय बैठकमा देशको समसामयिक राजनीति, सरकारले ल्याएको बजेट, पार्टीको आन्तरिक राजनीति लगायका बिषयमा पनि छलफल हुनेछ । नेकपा एमालेले २०८० सालमा पार्टीको संगठन बिस्तार र सुदृढीकरण गर्ने र त्यसका लागि नेताहरुलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाउने योजना अघि सारेको छ । बैठकमा त्यही कार्यविभाजनका बिषयमा र नेताहरुलाई बिभिन्न क्षेत्रमा खटाउने विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?