स्रोत नखुलेको रूपैयाँसहित दुई जना पक्राउ

3 वर्ष पहिले प्रकाशित

जेठ ९ । स्रोत नखुलेको भारतीय रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।


कपिलवस्तुको कृष्णनगर नगरपालिका २ लिङगेटबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँसहित पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री राधालाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि रकमसहित राजश्व कार्यालय बुटवल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?