शताब्दी पुरुष जोशीको निधनमा आज सार्वजनिक बिदा
4 वर्ष पहिले प्रकाशित
कात्तिक १ गते । आज सार्वजनिक बिदा रहेको छ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।
कमेन्ट गर्नुहोस्
view comments