प्रदेशसभा निर्वाचनका लागि अधिकृत र निर्वाचन अधिकृत नियुक्त

4 वर्ष पहिले प्रकाशित

असोज ६ गते ।आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो।

यही असोज ११ गतेदेखि लागू हुनेगरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको हो।

आयोगले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?