राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कारबाट डा. राजीव झा पुरस्कृत

4 वर्ष पहिले प्रकाशित

असोज २ गते ।राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कारबाट न्युरो सर्जन प्रा. डा. राजीव झा पुरस्कृत भएका छन् ।

काठमाडौंमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीर अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख समेत रहेका डा। झालाई पुरस्कार प्रदान गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा विज्ञानको क्षेत्रमा योगदान पु¥याउने १२ जना पुरस्कृत भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?