निर्वाचनमा प्रदेश सांसदको लागि एमालेबाट पाँच जनाको नाम सिफारिस
4 वर्ष पहिले प्रकाशित
भदौ १७ गते ।नेकपा एमालेले पर्साको निर्वाचन क्षेत्र नम्बर १ (ख) को लागि पाँच जनाको नाम सिफारिस गरेको छ।
आसन्न निर्वाचनमा प्रदेश सांसदको लागि पाँच जनाको नाम सिफारिस गरिएको हो।
क्षेत्र नम्बर १ (ख) का लागि प्रत्यक्षतर्फबाट सुन्दर प्रसाद कुर्मी, शम्भु गुप्ता, ओमप्रकाश गुप्ता, अफताब आलम र महबुब अलीको नाम सिफारिस गरिएको एमाले पर्साका सचिव रहेका सुन्दर प्रसाद कुर्मीले जानकारी दिए।
यसैगरी, समानुपातिकतर्फ १५ जना उम्मेदवारहरूको नाम सिफारिस गरिएको उनले बताए।
एमाले पर्सा क्षेत्र नम्बर १ (ख)का संयोजक कमलेश गुप्ताको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।
प्रत्यक्षबाट उम्मेदवारको रूपमा सिफारिस भएका शम्भु गुप्ता ०७४ सालमा भएको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए। सो बेला हालका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले चुनाव जितेका थिए।
क्षेत्र नम्बर ३ बाट गुप्ताको एकल सिफारिस
यसैगरी, पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सांसदको लागि एमालेले एक जनाको मात्रै नाम सिफारिस गरेको छ। सो क्षेत्रबाट एमाले केन्द्रीय सदस्य राजकुमार गुप्ताको नाम मात्रै सिफरिस गरिएको एमाले पर्साका सचिव सुन्दर कुर्मीले जानकारी दिए।
गुप्ता ०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रमा पराजित भएका थिए।
कमेन्ट गर्नुहोस्
view comments