नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

4 वर्ष पहिले प्रकाशित

भदौ ९ गते ।नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ ।

निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा एकीकृत समाजवादीले भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो ।

पोहोर भदौ २ गते नेकपा एमालेबाट विभाजन भइ माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?