दाइ र भाउजुले भारतबाट गुण्डा बोलाएर भाई र बुहारीको गरे हत्या

4 वर्ष पहिले प्रकाशित

साउन १० गते। दाइ र भाउजुले भारतबाट गुण्डा बोलाएर भाई र बुहारीको हत्या गरेको घटना बाहिरीएको छ ।

कोहलपुर नगरपालिका १४ ओढारपुरका कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियालाई दाइभाउजुले हत्या गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना हत्यारालाई बोलाएर दुबैजनाको हत्या गरेको बताए ।

कृष्ण र अञ्जलीको हत्या गर्न भारतबाट दुई जनालाई ५०र५० हजार रुपैया दिएर बोलाइएको थियो ।
सोमबारराती ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको थियो ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?