विवेकशील साझा पार्टीका नेता मिश्रलाई कोरोना संक्रमण पुष्टि

4 वर्ष पहिले प्रकाशित

साउन ४ गते । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनलाई दोस्रो पटक स‍ंक्रमण देखिएको हो। उनी यसअघि छ महिना पहिले कोरोना संक्रमित भएका थिए।

आफूलाई थोरै ज्वरो र रुघाखोकी देखिएको बताउँदै उनले आफूसँग सम्पर्कमा आएकालाई विचार पुर्याउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?