रामेछापमा दुर्घटना हुँदा १२ जनाको ज्यान गयो

4 वर्ष पहिले प्रकाशित

काठमाडौँ जाँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

मंगलबार काठमाडौँ जाँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालका अनुसार बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको हो ।

मृतकको पहिचान अहिले भएक्ँै छैन् । दुर्घटनामा सात जना पुरुष र पाँच जना महिलाको मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए।

यस्तै घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?