देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

4 वर्ष पहिले प्रकाशित

आज दिउँसो देशभर सामान्य बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले अज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिन अनुसार राती देशभर आंशिक देखि सामान्य बदली रहने र देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको महाशाखाले जनाएको छ ।
पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाले सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?