१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

4 वर्ष पहिले प्रकाशित

असार १६ गते ।उदयपुरमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कटारी नगरपालिका-६ का २० वर्षीय राजकुमार रम्तेल रहेका छन्। उनलाई असार १३ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार अर्का आरोपित कटारी नगरपालिका-६ का २२ वर्षीय देवराज खत्री फरार छन्। उनको खोजी थालिएको प्रहरीले जनाएको छ।

पीडित बालिकालाई असार १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो।

पीडित पक्षको उजुरी आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै पक्राउ गरिएको डिएसपी राईले बताए।

उनका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १० गते गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?