चितवनको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमण बढ्यो

4 वर्ष पहिले प्रकाशित

असार १४ गते ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा बाघको आक्रमणबाट चालु आर्थिक वर्षमा १६ जनाको मृत्यु भयो । राष्ट्रिय निकुञ्ज क्षेत्रको यो घटना संख्या अघिल्लो वर्षको तुलनामा १० ले बढी हो ।

मध्यवर्ती क्षेत्रमा मात्रै चालु आर्थिक वर्षमा १३ जनाको ज्यान बाघले लिएको छ । ती १३ जनाका परिवारलाई क्षतिपूर्ती स्वरूप १ करोड ३० लाख रकम दिएको निकुञ्जले जनाएको छ ।

पूर्वी र पश्चिमी चितवनको राष्ट्रिय वन तथा मध्यवर्ती क्षेत्रमा मानिसमाथि बाघको आक्रमण बढ्दै जाँदा संरक्षणकर्मीहरु भने बाघको संख्या बढेको संकेत देखिएको भन्दै उत्साहित छन् ।

निकुञ्जको तथ्यांकअनुसार चालु आवमा मध्यवर्ती क्षेत्रमा मात्रै बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । १ जनाको निकुञ्जको कोर क्षेत्रमा र २ जनाको डिभिजन वनको क्षेत्रमा आक्रमणमा परेर मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?