हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु
4 वर्ष पहिले प्रकाशित
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रको हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ।
कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन्।
उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए।
पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए। पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments