एकजना पुरुष बाघको आक्रमणबाट घाइते

4 वर्ष पहिले प्रकाशित

जेठ २७ गते।चितवनको राप्ती नगरपालिका– १ मा एकजना पुरुष बाघको आक्रमणबाट घाइते भएका छन् ।

राप्ती नगरपालिका वडा नं. १ डिपार्टस्थित गाउँ नजिकै आज विहान तरकारी टिप्न गएका ४३ वर्षीय इन्द्र बहादुर थिङ वाइवा लाई बाघले आक्रमण गरेर घाइते बनाएको हो ।

घटनालगत्तै प्रहरी र स्थानीय मिलेर घाइतेलाई उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए । घाइते वाइवाको अनुहार र घाँटीमा चोट लागेको छ ।

चितवनमा पछिल्लो समय बाघको आक्रमणका घटना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?