संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठे
4 वर्ष पहिले प्रकाशित
संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ। पछिल्ला वर्ष पब्जीले युवापुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो।
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिलकुमारी रावल थापाले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।
छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।
कमेन्ट गर्नुहोस्
view comments