हराइरहेको तारा एयरको विमान भेटियो दुर्घटनाग्रस्त अवस्थामा
4 वर्ष पहिले प्रकाशित
जेठ १६ गते।आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले विमान भेटिएको र थप विवरण आउन बाँकी भएको जानकारी दिए।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पनि धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा विभान भेटिएको सूचना पाएर आफूहरु त्यतातर्फ जाँदै गरेको जानकारी दिए।
‘हामी कन्फम गर्दैछौं। संभवत अपेक्षा गरौं, भेटिएको जस्तो छ,’ उनले भने, ‘धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा भेटिएको भन्ने छ। हामी त्यहाँ पुग्दैछौं।’यसबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनस् सुरु गरिएको थियो । विमान १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।
जस मध्ये धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं। ११ का एकै परिवारका ७ जना सवार थिए ।
कमेन्ट गर्नुहोस्
view comments