धनगढीको मोहना नदीमा डुबेर दुई बालकको आज ज्यान गयो
4 वर्ष पहिले प्रकाशित
धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज ज्यान गएको छ ।
मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको ज्यान गएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
view comments