युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा तालिम अधिकृत कुमार झा लाई निलम्बन
4 वर्ष पहिले प्रकाशित
जेठ १२ गते ।युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी गरिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
झाले परिषद्मा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा। प्रदीप ज्ञवालीले बताए ।
युवतीले दुर्व्यवहार भएको भन्दै परिषद्मा निवेदन दिएकी थिइन् ।
सो निवेदनका आधारमा सोधपुछ गर्दा घटना पुष्टि भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्ले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments