बर्दिवास नगरपालिकाको विकासका लागि मधेस सरकार गम्भीर

4 वर्ष पहिले प्रकाशित

बर्दिवास नगरपालिकाको विकासका लागि मधेस सरकार गम्भीर रहेको मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताएका छन् ।

विशेष कामले बर्दिवास पुगेका अर्थमन्त्री साहले नवनिर्वाचित नगर प्रमुख क्षेत्रीलाई शुभकामना दिर्दै सो कुरा बताएका हुन्

अर्थमन्त्री साहले बर्दिवासका जनताले विकासको अनुभूति हुने खालको दिर्घकालिन योजना बनाएर मन्त्रालयमा पेश गर्न नगर प्रमुख क्षेत्रलाई आग्रह समेत गरे ।

मधेस प्रदेशको मध्यभाग पर्ने तथा विकसित शहरको रुप लिँदै गएको बर्दिवासमा थुप्रै विकासका कामहरु गर्ने चाहना प्रदेश सरकारको रहेको मन्त्री साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?