सरकारको नीति तथा कार्यक्रमा चास्नीमा नडुबाएको जेरी जस्तो :ओली

4 वर्ष पहिले प्रकाशित

जेठ १२ गते ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तै रहेको बताउनु भएको छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सरकारको नीति तथा कार्यक्रमलाई तेलमा मात्रै डुबाएको र गुजुल्टी परेको जेरी जस्तै भएको टिप्पणी गर्नु भएको हो ।

नीति तथा कार्यक्रमका विषयको प्रस्थान विन्दु, आदि र अन्तिम विन्दु के हो भन्ने नै थाहै नभई जेरी जस्तै गुजुल्टीएको भन्दै कुनै नीति नभएको नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । यस्तै उहाँले यो नीति तथा कार्यक्रमलाई अस्थिरताको प्रमाणपत्र भएको पनि बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?