बालेन्द्रको मत ६० हजार नजिक, सुनिताको ६६ हजार नाघ्यो

4 वर्ष पहिले प्रकाशित

जेठ १२ गते । काठमाण्डौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ुबालेनुको मत ६० हजार नजिक पुगेको छ । पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १ सय ४९ मत पाउनु भएको छ ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याउनु भएको छ ।

यसैबीच, उपमेयरमा भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाउनु भएको छ । उहाँले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गर्नु भएको छ । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाउनु भएको छ ।

मेयरमा बालेन र उपमेयरमा सुनिताले मतगणना गर्न बाँकी मत सङ्ख्या भन्दा धेरैको अग्रता लिइरहेकाले दुवैको जित सुनिश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?