सिराहामा ट्रयाक्टरबाट खसेर एक किशोरको ज्यान गयो
4 वर्ष पहिले प्रकाशित
सिराहाको गोलबजार नगरपालिका-६ लभटोलीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर एक किशोरको ज्यान गएको छ।
मृत्यु हुनेमा स्थानीय १६ वर्षीय रामरिजन सदाय रहेका छन्।
ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गोलबजारस्थित लौङ लाईफ अस्पतालमा ज्यान गएको हो।
प्रदेश २-०१-०० १ त ०६७५ नम्बरको ट्याक्टरमा सवार सदाय हिजो साँझ ५ बजे ट्रयाक्टरबाट खसेका हुन्।
ट्रयाक्टर सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ।
कमेन्ट गर्नुहोस्
view comments