काठमाण्डौमा ७४ हजार १९३ मत गन्दा बालेन साहलाई १३ हजार ३०२ मतको अग्रता

4 वर्ष पहिले प्रकाशित

जेठ ६ गते । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार तीन सय दुई मतको अग्रता बनाउनुभएको छ ।

अहिलेसम्म ७४ हजार एक सय ९३ मतगणना हुँदा साहले २८ हजार दुई सय ९२ मत ल्याउनुभएको छ । एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार नौ सय ९० मत प्राप्त गर्नुभएको छ । कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६ सय ५७ मत ल्याउनुभएको छ।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँलाई नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले पछ्याइरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?